सर्लाही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा एक सय एक किलोको मालाले स्वागत गरेका छन् ।
सर्लाहीको मलङ्गवामा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न यहाँ आइपुगेका ओलीलाई एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल, हरि उप्रेती लगायतका नेताहरु सहभागी थिए । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित कभर्ड हल परिसरमा आयोजना गरिएको कार्यक्रममा हजारौंको सहभागिता रहेको देखिएको छ ।
नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादवले पनि एमाले प्रवेश गरेका छन्। यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष ओलीले नव प्रवेशीलाई माला र खादा लगाएर स्वागत गरेका छन् ।
।














