Logo
Logo

जीप दुर्घटनामा एक जनाको मृत्यु


378
Shares

बझाङ । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नं.को जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनोद बोहरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । यसैगरी घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ की १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन जना महिला र ६ जना पुरुष सवार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले भएको हो भन्ने विवरण नखुलेकोसमेत सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्