Logo
Logo

ट्याक्टर पल्टिँदा चालकको मृत्यु


378
Shares

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सो दुर्घटनामा चालक स्थानीय वर्ष २८ का रविन्द्र यादवको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनको १७ वर्षीय नाति सुभाषकुमार यादवको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसबिटी गाउँतर्फ आउँदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति नियन्त्रण गुमाएर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्