एजेन्सी । चीनमा पछिल्लो समय कोरोना भाइरसका तीन जना संक्रमितको मृत्यु भएको छ ।
उक्त भाइरसको संक्रमण फैलिन सुरु गरेको चीनको सांघाई सहरमा लकडाउनपछि पहिलो पटक हिजो तीन जना संक्रमितको मृत्यु भएको हो । समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार मृत्यु भएकाहरु ८९ देखि ९१ वर्ष उमेर समूहका छन् । उनीहरुमा कोरोना संक्रमणसँगै अन्य रोग पनि रहेको स्थानीय प्रशासनले जनाएको छ ।
कोरोना संक्रमण बढेपछि सांघाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउन घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो ।











