
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार स्थानीय तहको निर्वाचनबारे अध्यक्ष प्रचण्डले दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।














