Logo
Logo

चीनमा तीन दिनमा कोरोनाबाट १७ जनाको मृत्यु


1k
Shares

एजेन्सी । चीनको सांघाईमा कोभिडबाट आज थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

त्यहाँस्थित स्वास्थ्य आयोगका अनुसार यसअघि सांघाईमा कोभिडबाट सोमवार तीन र मंगलवार सात जनाको मृत्यु भएको थियो । तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायरा बढाएको छ । पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ । उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित रहेका अधिकारीहरुले जनाएका छन् ।

मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ । ‘अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारको विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सांघाईमा आज थप १८ हजार नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्