Logo
Logo

युक्रेनको मरिपोल सहरका मेजरद्वारा सहयोग माग


4.7k
Shares

एजेन्सी । युक्रेनको मरिपोल सहरस्थित एक मात्र सैन्य क्याम्पका कमाण्डरले सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

बीबीसीका अनुसार मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको क्याम्पमा रहेका झन्डै पाँच सय घाइते सेना र आश्रय लिइरहेका झन्डै एक लाख गैरसैनिकलाई मरिपोल सहरबाट बाहिर निकाल्न सहयोगका लागि आह्वान गरेका हुन् । रुसी रक्षा मन्त्रालयले मरिपोलका सैनिकहरूलाई जीएमटी ११ अर्थात नेपाली समयअनुसार हिजो बेलुकी पौने पाँच बजेसम्मको समय दिएको थियो । सैन्य कमान्डरले रुसले दिने यो सम्भवतः अन्तिम समय हुनसक्ने भन्दै त्यहाँ रहेका घाइते सेना र गैरसैनिकलाई बाहिर निकाल्न सहयोगका लागि आग्रह गरेका हुन् ।

उनले आफूहरूले अन्तिम समयसम्म पनि आत्मसमर्पण भने नगर्ने बताए । मरिपोलमा ठूलो संख्यामा रुसी सैनिक रहे पनि अझैसम्म सहर कब्जा गर्न भने नसकेको मरिपोल नगर परिषद्लाई उदृध गर्दै रोयटर्सले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै कठिन रहेको भन्दै दशौँ हजार मानिसको भविष्य अन्योलमा परेको बताए । रुसको आक्रमणका कारण मरिमोल सहरका सबैजसो संरचना ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्