
चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए ।
उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्तर्गत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए ।
दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए ।
अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताइन् । पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनको भनाई थियो ।
सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहित एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए ।














