Logo
Logo

जब अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भयो (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित बम थ्रेट सम्बन्धी अभ्यास गरिदैँ ।

काठमाडौं, १३ असार । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार करिब पौने घण्टा अवरुद्ध भयो । ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि शुक्रबार आधा घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’सम्बन्धी पूर्णकालीन अभ्यासका क्रममा विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाए ।

सो क्रममा विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिएको थियो । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द गरिएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संकठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास गरिएको जनाएको छ । त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण बन्द गर्दा यात्रु मर्कामा परेका थिए ।

 

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्