Logo
Logo

सनराइजर्ससँग रोयल च्यालेञ्जर्स पराजित


441
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्गलोरले लज्जास्पद हार व्यहोरेको छ । मुम्बईमा भएको खेलमा बेङ्गलोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो । हैदराबादका अविषेक शर्माले ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे । बेङ्गलोरका हर्सल पटेलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो । बेङ्गलोरका सुयाश प्रभु देशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन जोडे । हैदराबादका मार्को जान्सेन र टि नाटराजनले तीन/तीन विकेट लिए ।

जगदिश सूचितले दुई विकेट लिए । जितसँगै हैदराबादले ७ खेलमा १० अंक जोडेको छ । हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्लोरको ८ खेलमा १० अंक छ । बेङ्गलोर चौथो स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटन्स् शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्