Logo
Logo

गोरखामा गठबन्धनले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने


378
Shares

गोरखा । गोरखामा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । सत्तागठबन्धनबीच पटकपटक स्थानीय चुनावमा तालमेल गर्ने प्रयास असफल भएपछि कांग्रेसले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनमा तालमेल गर्न सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच आठ पटकसम्म छलफलमा बसेका थिए । तर, उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि दलहरूबीच सहमति नजुटेपछि कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने बताए । उनकाअनुसार अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्