काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका हुन् ।

सार्वजनिक संकल्प पत्रबारे महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगन थापाले संक्षिप्त प्रस्तुति दिएका छन् ।














