Logo
Logo

‘नेकपा सरकार सुरुदेखि नै संघीयताको मुना निमोठ्न उद्दत भयो’


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेकपा नेतृत्वको संघीय सरकारले सुरुदेखि नै संघीयताको मर्ममाथि प्रहार गर्न सुरु गरेको जनाएको छ ।

आइतबार सार्वजनिक पार्टीको चुनावी घोषणापत्रमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न समन्वय र सहजीकरण गर्नुपर्नेमा ठिक विपरीत नेकपा नेतृत्वको सरकारले संघीयताको मर्ममाथि नै प्रहार गरेको निष्कर्ष निकालेको हो ।

घोषणा पत्रमा भनिएको छ, ‘२०७४ सालको निर्वाचनपश्चात संघमा झण्डै दुई तिहाई, प्रदेश र बहुसंख्यक स्थानीय तहमा नेकपा नेतृत्वको सरकार बने । यो अनुकूलतालाई सदुपयोग गर्दै संघीयलाई मजबूत बनाउन जग बसाल्नु पर्नेमा नेकपा सरकार सुरुवातदेखि नै संघीयको मुना निमोठ्न उद्दत भयो ।’

बितेको पाँच वर्षमा नेकपाले स्थानीय तहलाई सरकार नभएर निरन्तर केन्द्रको मातहतको निकाय वा विभागको रुपमा मात्र लिएको पनि जनाएको छ ।

पाँच वर्षको स्थानीय सरकारको समीक्षा गर्दै कांग्रेसले समन्वय र सहकार्यको अभाव, अधिकारमा अस्पष्टता, संघीयताको पाँच वर्षीय, समीक्षा कानून निर्माणमा अवरोध र संकुचन, स्थानीय तह आफैमा अलमल हुनुजस्ता कुरालाई कांग्रेसले कमजोरीका रुपमा लिएको छ ।

घोाषणा पत्रमा भनिएको छ, ‘केही अपवादबाहेक स्थानीय सरकारको सुदृढ जग बस्न सकेन । सुशासन, जवाफदेहीताका सन्दर्भमा थुप्रै प्रश्नहरू उठेका छन् । शिक्षा, स्वास्थ्यलगायत जन सरोकारका प्राथमिक दायित्व पूरा गर्न, पिँधमा रहेका जनताको जीविकामा परिवर्तन ल्याउन प्रयत्न गर्नुभन्दा पनि भ्यु टावर, स्वागत–द्वारजस्ता अनुत्पादक क्षेत्रमा धेरै जोड दिने प्रवृतिले ठाउँ पाउँदा सेवा प्रवाह अपेक्षाकृत चुस्त हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्