
काठमाडौं । नेपाली कांग्रेसले अन्तिम अवस्थामा आएर स्थानीयत तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
कांग्रेसको विधान अनुसार महानगरको टिकट वितरणका संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । कांग्रेसले टिकट वितरणकै लागि समिति समेत गठन गरिसकेको थियो । तर, अन्त्यमा महानगर र उपमहानगरको टिकट बाँडफाँटको जिम्मा पाएका हुन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।
बैठकले जिम्मेवारी दिएसँगै महानगर र उपमहानगरको उम्मेदवारको नाम सभापति देउवा एक्लैले टुंगो लगाउने भएका छन् ।
कांग्रेसको विधानअनुसार उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने व्यवस्था छ । यो काम पनि सभापति देउवाले नै गर्ने भएका छन् ।














