Logo
Logo

बालुवाटारबाट घोषणा हुँदै कांग्रेसका महानगर र उपमहानगरका उम्मेदवारको नाम


7.4k
Shares

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिले आज महानर र उपमहानगरको टिकट बाँडफाँट टुंगो लगाउँदैछ । दिउँसो गठन गरिएको समितिको बैठकले टिकट बाँडफाँट टुंगो लगाउन लागेको हो ।

टिकट बाँडफाँटका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय समितिको बैठक बोलाएका छन् । बालुवाटारमा जारी समितिको बैठकमा महानगर र उपमहानगरका उम्मेदवारका लागि सिफारिस भएका नामहरुमा छलफल जारी छ ।

सत्तारुढ गठबन्धनमा महानगर र उपमहानगर भागबन्डा हुँदा कांग्रेसको भागमा देशभरका ६ मध्ये ३ महानगर परेको छ । त्यसैगरी, ११ उपमहानरमध्ये कांग्रेसले ७ वटामा प्रमुख पाएको छ ।

दिउँसो गठन भए लगत्तै बसेको संसदीय समितिले महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने सर्वाधिकार सभापति देउवालाई दिएको थियो । समितिले अधिकार दिएलगत्तै सभापति देउवा आन्तरिक तयारीमा जुटेका थिए । एक चरणको तयारी सकेर देउवाले संसदीय समितिलाई अन्तिम छलफलका लागि बोलाएका हुन् ।

जारी छलफलले नै महानगर र उपमहानगरको उम्मेदवार छनोट गरी सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्