Logo
Logo

टिकट नपाएपछि कांग्रेस कार्यालयमा तालाबन्दी


1.2k
Shares

गोरखा । गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।

नगरपालिकाको प्रमुख पदका आकांक्षी राजनराज पन्तले टिकट नपाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । उनी अहिलेका प्रमुख पनि हुन् ।

आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिइएको समर्थहरूको आरोप छ । उक्त नगरमा प्रमुखको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्