खोटाङ । मेयरका उम्मेदवारी दिन गएका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । कांग्रेसको तर्फबाट मेयरको टिकट लिएर उम्मेदवारी दर्ताको लागि दिक्तेल पुगेका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले लखेटेका हुन् ।

उनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट पाएका थिए । प्रदेश समितिबाट निर्णय गराएर उनी हेलिकोप्टर चार्टर गरेर उम्मेदवारी दर्ताको लागि दिक्तेल पुगेका थिए ।
दिक्तेल ओर्लनसाथ पहुँचका भरमा मेयरको टिकट लिएको भन्दै उनीमाथि कार्यकर्ताले कुटपिट गरेका थिए । उनलाई नेपाल प्रहरीले जोगाएको थियो ।
कार्यकर्ताको चर्को विरोधपछि सो नगरपालिकाको मेयरको टिकट अर्को नेता तिर्थ भट्टराईलाई दिइएको छ । भट्टराईलाई मेयरको टिकक पाएपछि कार्यकर्ता शान्त बनेका छन् ।
पोखरेल केही समयअघि मात्र राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता हुन् ।














