काठमाडौं । यही जेठदेखि सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बुधबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले परीक्षणका रुपमा दुई दिन बिदा दिने निर्णय गरिएको बताए ।
सरकारले कार्यालय समय एक घण्टा बढाएको छ । सरकारको निर्णय सार्वजनिक गर्दै कार्कीले हाललाई परीक्षणका रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिने छ ।
उनले भने, ‘शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ केही समययता दुई दिन विदा दिइनेबारे छलफल हुँदै आएको थियो ।














