Logo
Logo

इन्धन गाडीलाई प्रतिबन्ध लगाएर विद्युतीयलाई प्रोत्साहन


630
Shares

काठमाडौं । सरकारले सवारी साधान आयातमा लगाइएको प्रतिबन्ध विद्युतीय सवारी र स्पेयर पाट्र्समा भने लागू नहुने भएको छ ।

व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि राष्ट्र बैंकले ३०० वस्तुको आयात बैंकमार्फत बन्द गराएको थियो । सरकारले आयातमा पूर्ण प्रतिबन्ध गरिएको सम्बन्धमा राजपत्रमा निकालेको सूचनाअनुसार विद्युतीय सवारी र स्पेयर पाटर्सको आयातमा प्रतिबन्ध नलाग्ने भएको हो ।

राजपत्रमा विद्युतीय सवारी र स्पेयर पार्टसको आयातका लागि भने लिखित केही निर्देशन दिइएको छैन । तर इन्धन गाडी कार, जीप र भ्यानहरु भने आयात गर्न नपाइने उल्लेख छ । इन्धनबाट चल्ने कार, जीप र भ्यान लगायत सवारी र २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा पनि प्रतिबन्ध लगाइएको छ ।

यो वर्ष साउनदेखि चैतसम्म नेपालमा पेट्रोल डिजेलका करिब १० हजार प्यासेन्जर भेहिकल भित्रिँदा १४ सय ७३ वटा विद्युतीय गाडी आयात भएको छ ।

चालु आवको चैत महिनासम्ममा आयात भएका विद्युतीय सवारीबाट नेपाली चार अर्ब २९ करोड रुपैयाँ बराबरको पैसा बाहिरिएको छ । सरकारले विद्युतीय सवारीको आयातबाट भन्सार शुल्क मात्रै एक अर्ब १६ करोड रुपैयाँ उठाएको छ।

९ महिनाको अवधिमा पेट्रोल डिजेलका चारपाङ्ग्रे ३१ हजार २४५ गाडीहरु भित्रिएका छन् । यी चारपाङ्ग्रे सवारीको आयात गर्दा नेपालबाट २६ अर्ब रुपैयाँ बाहिरिएको छ । यसै अवधिमा सरकारले लगभग ४२ अर्ब रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्