विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।
टिकट वितरणमा असन्तुष्टिका कारण कार्यकाल बाँकी रहँदै पद छाडेका हुन् । टिकटको दौडका लागि काठमाडौंमा रहेका उनले बुधबार विराटनगर आउनासाथ राजीनामा दिएका हुन् ।

उद्यपी, मेयर पराजुलीले भने ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएको उनको भनाइ छ ।
राजीनामा पत्रमा भएिको छ, ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमाा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले १४ वैशाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु ।’
मेयर पराजुली यसपटक पनि मेयर पदका दाबेदार थिए । उनी दोस्रोपटक उही जिम्मेवारी दोहोर्याउनकै लागि टिकटको दौडमा थिए । तर, कांग्रेस केन्द्रले महानगरको उम्मेदवार टुंग्याउँदा उनी सूचीमा परेनन् ।
गठबन्धनमा भागबण्डा गर्दा कांग्रेसकै भागमा परेको विराटनगरमा नागेश कोइरालाले मेयरको टिकट पाए । त्यसपछि पार्टीले आफूलाई टिकट नदिएर अन्याय गरेको उनले बताउँदै आएका थिए ।















