Logo
Logo

मन्त्रिपरिषद् बैठकः आईजीपी नियुक्त गर्ने तयारी


11.4k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी मध्येबाट बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने उल्लेख छ । नयाँ आईजीपीको फुली लगाउन चारजना एआईजीहरु प्रतिस्पर्धामा छन् ।

हाल प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्