Logo
Logo
गठबन्धन बैठक

निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय


441
Shares

काठमाडौं । सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको स्थानहरुमा समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेका छन् ।

आइतबार बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने सयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न-गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने’ निर्णयमा भनिएको छ ।

साथै गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि निर्णय भएको छ । गठबन्धनले सहमति पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय गरेकाले छन् ।

प्रतिक्रिया दिनुहोस्