Logo
Logo

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित


2k
Shares

फुङ्लिङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएका बताइएको छ ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक जना महिला सदस्य र चार जना दलित महिला सदस्यसहित दश जना रहेका जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट एक जना र नेकपा (माओवादी केन्द्र)बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध भएकी छन् । कांग्रेसबाट सिरिजंगा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन् ।

यस्तै, फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छन् । त्यस्तै, मिक्वाखोला–५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्