Logo
Logo

एमाले नेता रामजी साह नेकपा (एकीकृत समाजवादी) मा


6k
Shares

रौतहट । नेकपा (एमाले) मधेश प्रदेश कमिटीका सदस्य रामजी साह पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

रौतहटको गरुडामा आयोजित एक समारोहबाट साहसँगै अन्य कार्यकर्ताहरु पनि एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । वर्षौंदेखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पंक्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको साहले बताए ।

सो अवसरमा नेता नेपालका साथै पूर्व राजदूत डा.वंशीधर मिश्रलगायतको उपस्थिति थियो । गृह जिल्ला रौतहटमा आइतवार पुगेका नेता नेपालले चन्द्रपुर, वृन्दावनलगायतका स्थानमा आयोजित निर्वाचन लक्षित सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्