Logo
Logo

टोटेनहम र एभर्टन विजयी


378
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतवार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ ।

टोटेनहमले लेस्टर सिटीलाई ३–१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै, ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहम ३४ खेलबाट ६१ अंक बनाएर चौथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १–० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ । एभर्टन ३३ खेलबाट ३२ अंक सहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्