Logo
Logo

निर्वाचन प्रचारका क्रममा लडेर वृद्धको मृत्यु


378
Shares

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धनबहादुर थापामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । आइतवार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए ।

गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्