Logo
Logo

प्रहरी प्रमुख नियुक्तिविरुद्ध रिटको सुनुवाइ बुधबार


11.6k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बुधबार हुने भएको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुने भएको हो ।

पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको स्मरण गराउँदै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्ति गर्नु कानुनविपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरेको थियो । नवनियुक्त प्रहरी प्रमुख सिंहले दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्