Logo
Logo

बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार


945
Shares

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिका-५ मा एक वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउँदमाथी खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको जानकारी आएको बताउँदै उनीहरूको खोजी भइरहेको बताए । गम्भीर घाइते साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ ।

प्रहरीका अनुसार स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्