Logo
Logo

प्रहरीमा ओलीको गल्ती देउवाले सच्याए



काठमाडौं । प्रहरीमा बिधि र पद्धती मिची ब्याच नै टप गरेर बढुवा गर्ने बिकृतीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सच्याएको छ ।

केपी शर्मा ओली सरकारले आफु अनुकुलका अधिकृतलाई आइजिपी बनाउन चेन अफ कमाण्ड नै भत्काएर भित्र्याएको बेथितीलाई देउवाले ‘चेक एण्ड ब्यालेन्स’ गरेका छन् ।

ओलीले विश्वराज पोखरेललाई आइजिपी बनाउन पटक– पटक ब्याच नै टप गरेर उनको एकल बढुवा गरेका थिए । यसले प्रहरीभित्र चरम असन्तुष्टि बढाएको थियो । तर, देउवाले ओलीको त्यो षड्यन्त्र सफल हुन दिएनन् । पोखरेलको अस्वभाविक चलखेललाई रोक्दै देउवाले धिरजप्रताप सिंहलाई आइजिपी बनाएपछि अबका दिनमा यस्तो अप्राकृतिक किमिसका चलखेल रोकिने आशा गरिएको छ ।

सिंह र पोखरेल एउटै ब्याची हुन् । भर्नादेखि एसपीसम्म सिंह पहिलो नम्बरमा थिए । तर, राजनीतिक पावरकै आधारमा पोखरेलले एसएसपीमा सिंहलाई उछिनेका थिए । एउटै ब्याचभित्र तलमाथि हुनु स्वभाविक थियो । तर, डिआइजी र एआइजीमा उनको बढुवा निकै अस्वभाविक थियो ।

त्यही अस्वभाविक कदम नै कालान्तरमा उनको आइजिपी बन्ने सपनाको बाधक बन्यो । केपी ओलीको खास मान्छे भएको व्यक्तिले निष्पक्षताका साथ प्रहरी संगठन चलाउन नसक्ने विश्लेषणका साथ सरकारले धिरजलाई आइजिपी बनाएको छ ।

केपी शर्मा ओली सरकारले आफु अनुकुलका अधिकृतलाई आइजिपी बनाउन चेन अफ कमाण्ड नै भत्काएर भित्र्याएको बेथितीलाई देउवाले ‘चेक एण्ड ब्यालेन्स’ गरेका छन् ।

तुलनात्मकरुपमा सिंह पोखरेलभन्दा व्यावसायिक अधिकृत मानिन्छन् । यद्यपि, पोखरेल आफुमाथि अन्याय भएको भन्दै अदालत पुगेका छन् । जबकि उनले यसअघि आफुभन्दा दुई ब्याच सिनियर अधिकारीलाई पछि पारेर डिआइजी र एआइजीमा बढुवा भएका थिए । अहिले उनै पोखरेल ज्येष्ठता मिचिएको भनेर अदालत जाँदा नैतिक रुपमा भने कमजोर देखिएका छन् ।

नवनयिुक्त आइजिपी सिंहले एग्रेसिभ पुलिसिङलाई प्राथमिकता दिने बताएका छन् । शैलेश थापा क्षेत्रीको कार्यकालमा प्रहरी रक्षात्मक अवस्थामा पुगेको थियो । त्यसमा सिंहले परिवर्तन ल्याउने प्रतिबद्धता गरेका छन् । अपराधीविरुद्ध कडा रुपमा प्रस्तुत हुने उनको तयारी छ ।

कांग्रेस नेता गगन थापालगायत कांग्रेसकै कतिपय नेताहरु पोखरेललाई आइजिपी बनाउन मरिमेटेर लागेका थिए । वरियता मिच्दा सरकार बदनाम हुने उनीहरुको भनाइ थियो । तर, प्रहरी संगठनलाई राम्रोसँग बुझेका देउवा आफ्नो अडानमा कायम राखे र ओलीको योजना असफल बनाएर प्रहरीको बढुवामा जम्प हानेर आफ्नो स्वार्थसिद्धि गर्न खोज्नेहरुलाई पाठ सिकाएका छन् ।

प्रतिक्रिया दिनुहोस्