काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वित्तिय सुशासनका लागि इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताए ।
उनले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको बताए । अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे ।
उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको विभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताए । उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगायतको पनि अडिट गर्नुपर्ने उनको भनाइ छ ।
उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफू भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे ।
उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्ने धारणा राखे ।











