Logo
Logo

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक खबर आएको छैन : परराष्ट्र मन्त्रालय


1.3k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा जाने भएको सोमबार अखबार द हिन्दूले समाचार लेखेको थियो ।

स्रोतलाई उद्धृत गर्दै अखबार हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’ परराष्ट्रका एक कर्मचारीले भनेको छ, ‘भीभीआईपी भ्रमण हुने कुरा मन्त्रालयलाई थाहा हुनु पर्ने हो तर, त्यस विषयमा कुनै पनि जानकारी प्राप्त भएको छैन । अहिलेसम्म कुनै भ्रमण उच्चस्तरबाट हुने जानकारी आइसकेको छैन । निकट भविष्यमा खबर आउला भन्ने बेग्लै कुरा हो । भ्रमणको खबर प्राप्त भएको भए सूचना दिन अप्ठयारो हुँदैन थियो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना अघि भारत भ्रमण गरेका थिए । सोही समयमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको ती कर्मचारीको भनाई छ । भ्रमणको सम्भावनाहरू अझै पनि बाँकी रहेको स्रोतको भनाई छ ।

ती कर्मचारीका अनुसार निकट भविष्यमा उच्चस्तरीय भ्रमण हुन सक्ला बाहिर समाचारमा आएजस्तो आधिकारीक खबर प्राप्त छैन । नेपालभित्र हुने जुनसुकै निकायमा उच्चस्तरको भ्रमण हुने भए पनि परराष्ट्र मन्त्रालयले जानकारी हुने गरेको उनको भनाइ छ । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्