काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ ।
विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो ।
अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएको छ । त्यस्तै, प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका जनाइएको छ ।











