Logo
Logo

देउवाको गृहजिल्लाका सबै पालिकामा कांग्रेसको एकल उम्मेदवारी


819
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले एकल उम्मेदवारी दिएको छ । जिल्लाका सात वटा पालिकामा कांग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको हो ।


जिल्लामा दुई नगरपालिकामा प्रमुख÷उपप्रमुख र पाँच गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा कांग्रेसले एकल उम्मेदवारी दिएको छ । जिल्लाका अजयमेरु गाउँपालिका अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । जसमा सत्तारुढ गठबन्धनमा रहेका कांग्रेसका तर्फबाट टेकराज पाण्डेय र नेकपा माओवादी केन्द्रले उमेशप्रसाद भट्टराई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।

यस पालिकामा नेकपा एमालेका तर्फबाट पदमबहादुर पालले उम्मेदवारी दिएका छन् भने धनबहादुर साउद र प्रकाश बहादुर ऐरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार कांग्रेसले बसन्ती पाललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस (बीपी)बाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट कलावती भाड उपाध्यक्षको उम्मेदवार छन् । टेकराज पनेरुले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै, अमरगढी नगरपालिकामा पनि गठबन्धनले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यहाँ पालिकाको प्रमुखमा कांग्रेसले डिल्लीराज जोशीलाई उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले लक्ष्मण सिंह, नेकपा एकीकृत समाजवादीले संगिताकुमारी भण्डारीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । यहाँ जसपा नेपालबाट नरभान पार्की, राष्ट्रिय जनमोर्चाबाट पवनकुमार विष्ट, नेपाली कांग्रेस (बीपी)बाट हरिप्रसाद भट्ट, राप्रपाबाट गणेशबहादुर भण्डारी प्रमुख पदको उम्मेदवार छन् ।

यस नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कविता जोशो, नेपाली कांग्रेसका पार्वतीदेवी झुकाल, नेकपा एमालेका यज्ञराज अवस्थी, नेकपा एकीकृत समाजवादीका भुवनराज पाठक र नेकपा माओवादी केन्द्रका शशीदेवी अवस्थी उम्मेदवार छन् ।

आलिताल गाउँपालिकामा गठबन्धन एक्लाएक्लै चुनाव लड्दैछन् । यस पालिकाको अध्यक्षमा कांग्रेसले बलबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रले शेर सिंह पार्की, नेकपा एकीकृत समाजवादीले तुलाराम बोहरा, नेकपा एमालेले मीनबहादुर बोगटी, राप्रपाले जितबहादुर थापामगर र टेकबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट लक्ष्मी भट्ट÷धामी, नेकपा एमालेबाट शान्ति भट्ट, (जोशी) कांग्रेसबाट जलाकुमारी विष्ट (बोगटी), राप्रपाबाट रेवतीदेवी थापा र नेकपा माओवादी केन्द्रबाट मैनाकुमारी रावलले उम्मेदवारी दिएका छन् ।

यस्तै, गन्यापधुरा गाउँपालिकामा अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले अध्यक्षमा र माओवादी केन्द्रले उपाध्यक्षमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट ईन्द्रबहादुर कार्की, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, राप्रपाबाट कृष्णदेव भट्ट, नेकपा एकीकृत समाजवादीबाट नरबहादुर विष्ट र नेपाली काँग्रेस (बीपी) बाट सुरेन्द्रबहादुर मालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसबाट ज्ञानुकुमारी सेटी, नेकपा एमालेबाट ईन्द्रबहादुर महरा र नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले उम्मेदवारी दिएका छन् । नवदुर्गा गाउँपालिकामा अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, जसपा नेपालबाट इन्द्रबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट धर्मदेव लुहार (विक), राप्रपाबाट लक्ष्मणबहादुर ऐर, नेपाली कांग्रेस (बीपी)बाट गोकुलबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट कवीन्द्रबहादुर विष्ट, नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद अवस्थी उम्मेदवार छन् ।

उपाध्यक्षमा कांग्रेसबाट निर्मलाकुमारी बोगटी, नेकपा माओवादी केन्द्रबाट विसनादेवी बोहरा, नेकपा एमालेबाट वीरबहादुर विष्ट, नेकपा एकीकृत समाजवादीबाट चन्द्रादेवी रुपाली उम्मेदवार छन् । परशुराम नगरपालिकामा पनि चुनावी तालमेल भएको छैन । यहाँ प्रमुख पदमा ६ र उपप्रमुख पदमा पनि ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख पदमा नेकपा एमालेबाट केशवबहादुर बोहरा, राप्रपाबाट दिर्घराज जोशी, नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल, नेकपा एकीकृत समाजवादीबाट लालबहादुर दमाई, कांग्रेसबाट भरत बडायर जोशी र राष्ट्रिय जनमोर्चाबाट रगुविर कामी उम्मेदवार छन् ।

उपप्रमुखमा राप्रपाबाट भागरती चन्द ठकुरानी, नेकपा माओवादी केन्द्रबाट विमला कुमारी बोहरा, नेकपा एकीकृत समाजवादीबाट कमला धामी, नेकपा एमालेबाट गोमती देवी पन्त, नेपाली कांग्रेसबाट कलापती देवी बोहरा र स्वतन्त्र रुपमा गौरा धामीले उम्मेदवारी दिएका छन् ।

भागेश्वर गाउँपालिकाको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष÷उपाध्यक्षमध्ये एमालेले अध्यक्षमा र काँग्रेस (बीपी)ले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद पाण्डेय, राप्रपाका केशवराज पाण्डेय, नेपाली काँग्रेसका हेमराज चटौत, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर साउद, नेकपा एमालेका रामबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने विष्णुबहादुर ठकुराठी र खडक बहादुर ठकुराठीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्