एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न सेमिफाइनल खेलमा इङ्गिलस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै रियल मड्रिडले फाइनलको यात्रा तय गरेको हो । फरवार्ड रोड्रिगोले दुई र करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याएका हुन् । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे ।
पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भए पनि दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आगामी मे २९ मा खेल्दैछन् । लिभरपुल भिल्लारियललाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।











