Logo
Logo

सुनको भाउ चौध सयले बढ्यो


504
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार ४०० ले उकालो लागेर रु. ९८ हजार ६०० पुगेको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ७०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार ३०५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्