Logo
Logo
स्थानीय तह निर्वाचन

निर्वाचनअघि सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार


1.6k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आग्रह गर्दै सरकारलाई पत्राचार गरेको छ । आयोगतले वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न आग्रह गरेको हो ।

बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ  ।

आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ । त्यस्तै आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरि आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्