Logo
Logo

पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


1.5k
Shares

काठमाडौं । रौतहटमा भएको बम विस्फोटका अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी अदालत रौतहट जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो । जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो ।

जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्‍ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए । कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।

सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्