Logo
Logo

शहीदनगरका मेयर उम्मेदवारको प्रतिवद्धता- निःशुल्क रगतदेखि लोक सेवा कक्षासम्म


2.5k
Shares

जनकपुर । नेकपा माओवादी केन्द्रबाट सहिदनगर नगरपालिकाको मेयरका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना समावेश छन् ।

२०२८ सालको शैक्षिक आन्दोलनको रगतबाट यदुकुहाको महत्व हालको दिनमा आकाशिएको भुमीमा गरिब, विपन्न, दलित तथा निमुखा वर्गका लागि विशेष योजना ल्याएको निवर्तमान मेयर उदयकुमार बरबरिया दाबी गरे ।

प्रतिबद्धतापत्रमा नेपाल रेडक्रस सोसाईटी धनुषासंगको सहकार्यमा रगत आवश्यक भएको विरामीलाई रगत व्यवस्थापनका साथै जाँच शुल्कमा लाग्ने रकम समेत नगरपालिकाले व्यहोर्ने भनिएको छ ।

त्यस्तै गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिन र निः शुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउँने उल्लेख गरेको छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र र नगर एम्बुलेन्ससंगको सहकार्यमा जोड दिईने बताए ।
प्रतिवद्धता पत्रमा भनिएको छ– ‘सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पाठ्यसामग्री समावेश गरी पालिका स्तरीय पाठ्यक्रम निर्माण गरिनेछ । साथै नमूना विद्यालय घोषणा गरी अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराईनेछ ।’

प्रतिवद्धता पत्रमा माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा नगरभित्रको विद्यालयमा प्रबिधिमैत्री शिक्षा बिकासमा प्रयास हुने बरबररियाको दाबी छ । दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्मको विद्यालय शिक्षा सुनिश्चित गरिनुको साथै प्रत्येक विद्यालयहरुमा सिसिटिभी जडान गरि कडाईका साथ शिक्षण सिकाई बढाईने उल्लेखछ ।

कृषकहरुलाई सिचाइका लागि मोटर, दमकल, घाँस काट्ने मेसिन जस्ता कृषि सामग्री वितरण र बाँझो खेत मुक्त नगरपालिका बनाउने प्रतिवद्धा जनाइएको छ ।

त्यसैगरी, ‘एक खेत एक बालीको अवधारणालाई ल्याएर एक घर एक तरकारी खेतीको योजना अघि बढाइने, ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ युवाको लागि बहुउद्देश्यीय कभर्ड हल, खेलकुद मैदानका साथै ईन्टर्नशिप र लोकसेवा कक्षा, सञ्चार जगतका युवा पत्रकार का लागि फेलोसिप प्रदान गर्न लगायत प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्