Logo
Logo

कस्तो रहला आजको मौसम ?


315
Shares

काठमाडौं । अहिले देशमा स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको तथा प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश नं. १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जनाइएको छ । प्रदेश नं. १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, प्रदेश नं. १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्