Logo
Logo

लिभरपुलको उपाधि होडमा धक्का


1.1k
Shares

एजेन्सी । टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तर, एक खेल कम खेलेको सिटीले आइतवार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ । शनिवार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर, ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायमै राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ, जसमा टोलीले १३ जीत र ३ बराबरी खेलेको छ ।

३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

प्रतिक्रिया दिनुहोस्