Logo
Logo

आयुक्तलाई एसपीसँग रिस उठेपछि…



काठमाडौं । निर्वाचन आयोगमा यतिबेला ‘दशैँ’ छ । शुक्रबार हुन गइरहेको निर्वाचनको अन्तिम तयारी गरिरहँदा आयोगमा पैसाको खोलो बगेको छ ।

निर्वाचनका लागि आयोगलाई सरकारले आठ करोड बजेट दिएको छ । त्यसको अपारदर्शीरूपमा खर्च भइरहेको स्रोत बताउँछ । दोहोरो तलब र विभिन्न नाममा भत्ता खाइरहेका आयोगका पदाधिकारी र कर्मचारीको पनि यतिबेला ‘भाउ’ पनि बढेको छ ।

त्यही कारण सानो विषयलाई लिएर गत बुधबार आयोगमा ठूलो हंगामा भयो । आयुक्त जानकी तुलाधार चढेको गाडीले आयोगभित्रै प्रहरीको गाडीलाई ठक्कर दियो । एसपी दिपेन्द्र शाही त्यही थिए । गाडी राम्रोसँग चलाउन भन्दै एसपी शाहीले आयोगका चालकलाई हप्काए ।

त्यही विषयलाई लिएर आयुक्त तुलाधर एसपी शाहीमाथि आक्रामकरूपमा प्रस्तुत भएकी थिइन् । आयुक्तले मर्यादा बिर्सिएपछि एसपी शाहीले पनि पहिला आफ्नो चालकलाई सम्झाउन भने । त्यही विषयलाई लिएर आफूमाथि दुव्र्यवहार गरेको भन्दै आयुक्त तुलाधरले गुनासो मात्र गरिनन् एसपी शाहीलाई आयोगको ज्वाइन्ट इलेक्सन सेलबाट हटाउनसमेत गृह मन्त्रालयलाई पत्राचार गरिन् ।

घटना प्रत्यक्ष देखेका आयोगका एक उपसचिवले समेत आयुक्तको शैली देखेर आश्चर्य व्यक्त गरे । सानो विषयमा आयोगसँग विवाद गर्ने मुडमा प्रहरी नेतृत्व थिएन । त्यसपछि शाहीलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई आयोगको सेलमा खटाइएको छ । प्रसाईं हालै सर्लाहीबाट तानिएका एसपी हुन् ।

आयुक्त तुलाधार अध्यादेशमार्फत ल्याइएको कानुनअनुसार नियुक्त भएकी हुन् । उनीलगायत ५० जनाको नियुक्तिविरुद्ध सर्वाेच्चमा अन्तिम सुनुवाइको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्