Logo
Logo

सर्वदलीय बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङ पक्राउ


3.1k
Shares

गोरखा । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बुधवार बिहान उनी बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए ।

उनले भने, ‘वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै झोला बोकेर आएपछि शंका लागेर चेकजाँच गर्दा खुकुरी भेटियो ।’ गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्