Logo
Logo

श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो


567
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो ।

यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । जुन, गत वर्षको तुलनामा ०.६ प्रतिशतले न्यून हो । गत वर्षको यही अवधिमा रेमिट्यान्सको आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतमा सीमित थियो ।

अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या बढेको छ ।

अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो ।

यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृत लिने नेपालीको सङ्ख्या १९९.९ प्रतिशतले बढेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ । गत वर्ष यस्तो स्वीकृति ६०.७ प्रतिशतले घटेको थियो

प्रतिक्रिया दिनुहोस्