Logo
Logo

घिरिङमा मतगणनास्थल परिवर्तन


630
Shares

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ ।

यसअघि वडा नं. ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधवार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए ।

विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो ।

विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाका क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्