काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा तयारी तीव्र पारिएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाका लागि सिसिटिभी र तारजाली लगाउन सुरु गरेको हो । काठमाडौं महानगरका सबै वडाको मतगणना सभागृहमा हुने आयोगले जनाएको छ ।














