Logo
Logo

मदिरा सेवन गरेर मतदान अधिकृत र म्यादी प्रहरीमाथि कुटपिट गर्ने सई प्रहरी नियन्त्रणमा


3.2k
Shares

सुर्खेत । मदिरा सेवन गरेर मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने प्रहरी नायब निरीक्षक नरेन्द्रप्रसाद भट्ट (बरिष्ठ सई)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले बुधबार राति मदिरा सवेन गरेर मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू सामान्य घाइते छन् ।

कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाका अनुसार ती प्रहरी अधिकृतले मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा पुगेर कुटपिट गरेका थिए ।

निर्वाचनका बेला प्रहरी कर्मचारीबाटै अमानवीय व्यवहार भएकाले सई भट्टलाई कारबाहीको प्रक्रिया सुरू गरिएको एसएसपी बास्तोलाले बताए ।

‘निर्वाचनका बेला शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीबाटै यस्तो व्यवहार हुनु गलत हो, हामीले उनलाई नियन्त्रणमा लिइसकेका छौंँ’ उनले भने, ‘जिल्लामा ल्याउँदै छ, आवश्यकताअनुसार निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’ सई भट्टलाई बिहीबार बिहान प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्