Logo
Logo

एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक


0
Shares

काठमाडौं । वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला खोलिएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई सम्पर्कविहिन भएसँगै वरिष्ठ उपाध्यक्षसहित बहुमत सदस्यले एन्फा मुख्यालयमा लगाइएको ताला खोलेका हुन् ।

The current image has no alternative text. The file name is: anfa-1.jpg

एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न बहुमत सदस्यहरुले माग गरेका थिए । तर, अध्यक्ष नेम्बाङले २१ दिनसम्म नडाकेपछि उनीहरू बैठक डाक्ने निर्णयमा पुगेका हुन् । योसँगै वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले १३ गतेका लागि एन्फा कार्यसमितिको बैठक डाकेका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने आज मात्रै अदालतमा उपस्थित भएका छन् । उनीहरुको वयान सकिएको र आजै थुनछेक बहस हुने जिल्ला अदालत ललितपुरले जनाएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

प्रतिक्रिया दिनुहोस्