Logo
Logo

नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी




पोखरा , २५ पौष ।

गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

मंगलबार पोखरामा सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा मन्त्री किरण गुरुङ ले जानकारी दिए ।

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ ।

अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक थिए भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्