
काठमाडौं । देशभर मतदान सुरु भएसँगै शीर्ष नेताहरुले मतदान गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट मतदान गरिसकेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहटबाट मतदान गरिसकेका छन् । अन्य शीर्ष नेताहरुले पनि मतदान गर्ने क्रम जारी छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ज्योतिषले जुराएको साईतमा मतदान गर्ने भएका छन् । उनले विहान ११ बजेर ३० मिनेटमा मतदान गर्ने भएका हुन् ।
एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका बालकोटस्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गर्दैछन् ।














