Logo
Logo

देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन् : नेता सिंह


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने बताएका छन् ।

काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिंदै नेता सिंहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताएका हुन् ।

नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम गरिरहेको उनले बताए । उनले तीन तहको निर्वाचनका लागि यो स्थानीय तहको निर्वाचन जग भएको पनि बताए ।

संविधानले दिएको अधिकार सुरक्षित एवं संस्थागत गर्दै राजनीतिक महत्वलाई बुझेर जनताले गठबन्धनका उम्मेदवारहरुलाई मत दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्